वाफ च्याम्पियनसिपमा आज नेपाल र सिरिया खेल्दै

काठमाडाैं | फागुन ८, २०८०

वाफ च्याम्पियनसिपमा आज नेपाल र सिरिया खेल्दै

काठमाडौं:     पश्चिम एशिया फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपमा सहभागिता जनाउन साउदी अरेबियामा रहेको नेपाली महिला टोलीले आज समूह चरणको पहिलो खेलमा सिरियाको सामना गर्दै छ । खेल नेपाली समय अनुसार ७:४५ बजे किंग अब्दुल्लाह स्पोर्ट्स सिटी रिजर्व स्टेडियममा सुरु हुने छ ।


नेपाल गुआम संगै प्रतियोगितामा आमन्त्रित टोली हो । नेपाली टोलीमा भारतीय लिग खेलिरहेका ६ जना सहित फ्रान्सको शीर्ष डिभिजन खेलिरहेकी सावित्रा भण्डारी समेत रहेकी छिन् । साम्बा हिजो साउदी अरेबिया पुगेकी हुन् ।


उमेर समुहमा खेलिसकेका फरवार्ड चन्द्रा भण्डारी र मिडफिल्डर सरस्वती हमाल पहिको पटक राष्ट्रिय महिला टोलीमा पर्न सफल भएका छन् ।


नेपाल रहेको समूहमा प्यालेस्टाइन, सिरिया र इराक छन् । अर्को समूहमा आयोजक साउदी , ग्वाम, लेबनान र जोर्डन छन् ।


हिजो भएका समूह ए का खेलमा लेबनानले गुआममाथि ४–३ को जित निकालेको थियो भने जोर्डनले घरेलु टोलीमा साउदी अरेबिया माथि ३–१ को जित निकालेको हो ।


दुवै समूहका शीर्ष दुई टोलीले सेमीफाइनलको यात्रा तय गर्ने छन् ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्